Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने

काठमाडौं । कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइनल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ ।

स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो ।

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुबै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुबै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो ।

ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077