Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न एमाले रुपन्देहीको माग

    लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न एमाले रुपन्देहीको माग

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 720
    SHARES

    बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बिनापूर्वाधार लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न भन्दै ध्यानाकर्षण गराएको छ ।

    एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेका हुन् ।



    मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अस्थायी संरचनामा सार्न थालेको भन्दै एमालेले विरोध गरेको हो । यसअघि कांग्रेसले विज्ञप्ति जारी गर्दै तत्काल नसार्न आग्रह गरेको थियो ।



    एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो । प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू अस्थायी संरचनामा सार्न थालेपछि एमालेले कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार