Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ठूला आकासे पुल तत्काल मर्मत गर्न र पारदर्शी बनाउन उपमेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्रका ठूला आकासे पुलहरु तत्काल मर्मत गर्न निर्देशन दिएकी छन्।

उनले सार्वजनिक-निजी साझेदारी एकाईका अधिकारीहरुलाई बोलाएर आकासे पुलहरु असुरक्षित भएकाले सुधारको काम तत्काल गर्न निर्देशन दिएकी हुन्।

‘आकासे पुलका संरचना भत्किएका छन्। हिँड्दा अल्झिएर लड्ने अवस्था छ। बारहरु अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ। अपाङता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन्। जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ’, डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ। यी बारहरु पारदर्शी हुनुपर्छ। मर्मत गरेर दुरुस्त बनाउनुपर्छ। एक पटक बनाएर अलपत्र बनाएर हुँदैन। नियमित मर्मत गर्नुपर्छ। यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू।’

रत्नपार्क, भद्रकाली, सुन्धारालगायत महानगरभित्रका ठूला केही आकासे पुलहरु सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077