Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरू

काठमाडौं । शनिबारबाट शुरु भएको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा पुनः सुरु भएको छ ।

बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने जनाइएको छ ।

शनिबारको बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।

आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा (एमाले)सँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077