Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप, २ जना घाइते

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो ।

विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जनालाई घाइते बनाएका छन् ।

फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसिङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

धारिलो हतियार प्रहार गर्ने फङ चुङयुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077