Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेसले माग्यो निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते संम्पन्न निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ ।

कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो ।

केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति निकालेर अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गरी त्यसको जानकारी केन्द्रमा पठाउन भनेको छ।

जिल्ला वा प्रदेश अनुशासन समितिले अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न सक्नेछन्। त्यस्ता समिति गठन नभएका भए गठन गर्नसमेत केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077