Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पश्चिम बङ्गालमा बम विष्फोट, ३ जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।

यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि परेका छन् । उनको घरमा नै बम विस्फोट गराइएको थियो ।

भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उनको पनि निधन भएको छ ।

सो विस्फोटमा परेर उनीबाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ । मारिएका अरु दुई जनामध्ये एकजना मन्नाका भाई र अर्का एक सो पार्टीका कार्यकर्ता रहेको बताइएको छ ।

बम विस्फोटबाट सो घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077