Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलाको सीमा क्षेत्रमा लफडा, नेपाली-भारतीयबीच ढुंगा हानाहान

दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ ।

आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।

महाकाली पारि भारतीय पक्षले तटबन्‍धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ । त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ। त्यस्‍तै अहिले दुई पक्षबीच वार्ता भइरहेको छ । विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ ।

नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077