Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारको गृह र परराष्ट्रलाई पत्र - रवि लामिछानेको नागरिकताबारे छानबिन गर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा मन्त्रालयलाई पत्र पठाएको छ ।

आयोगले नागरिकताको वैधताको बारेमा छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलाई र उनको राहदानीबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको जानकारी दिए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवादबारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

उनीमाथि अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता नलिएको, खारेज भएकै नागरिकताका आधारमा निर्वाचनमा समेत भाग लिएर दुरुपयोग गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077