Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । २९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

आइतबार बिहान काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

तीमध्ये गान साउजिंगको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु भएका साउजिंग र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेका थिए ।

प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077