Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा, एम्बाप्पेको शानदार प्रदर्शन

काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्याण्डलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको छ ।

अल थुमामा रंगशालामा आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्सले नकआउट पार गरेको हो ।

फ्रान्सको जितमा किलियान एम्बाप्पेको दुई तथा ओलिभर जिरुडले एक गोल गरे । पोल्यान्डका लागि पेनाल्टीमार्फत रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

यो सँगै फ्रान्सले लगातार तेस्रो पटक नकआउट चरण पार गरेको छ। यसअघि २०१४ को विश्वकपमा क्वार्टर फाइनलबाट बाहिरिएको फ्रान्सले २०१८ मा दोस्रो पटक विश्वकप उपाधि जितेको थियो ।

फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077