काठमाडौं । इंग्ल्याण्ड फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ को खेलमा सेनेगलमाथि ३-० गोलको जित निकाल्दै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो । इंग्ल्याण्डको जितमा जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे ।
अफ्रिकी च्याम्पियन सेनेगललाई पराजित गरेसँगै इंग्ल्याण्डले अन्तिम आठमा प्रतिद्वन्द्वी साविक विजेता फ्रान्स पाएको छ। फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई पाखा लगाएको थियो ।
इंग्ल्याण्ड र फ्रान्सबीच सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार भिडन्त हुनेछ ।