Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेसियाको सेमेरु पहाडबाट भयानक ज्वालामुखी विस्फोट

एजेन्सी । इन्डोनेसियाको माउन्ट सेमेरुको ज्वालामुखी पहाडमा प्राकृतिक ग्यास विस्फोट भएको छ ।

त्यहाँबाट निस्केको खरानीले आकाश ढाकिएको छ भने मुलुकको मुख्य टापु जावाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लैजाने काम भइरहेको छ ।

स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च स्तरमा प्रवाह गरेको छ । अहिलेसम्म त्यहाँबाट निस्केको लाभाका कारण कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।

तर, झन्डै दुई हजार व्यक्तिलाई ज्वालामुखी प्रभावित क्षेत्रबाट विस्थापित गरिएको छ ।

राजधानी जकार्ताबाट करिब ८ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जाभा टापुको सबैभन्दा अग्लो पहाडबाट विस्फोट भएपछि यसलाई ज्वालामुखी हुन सक्ने उच्चतम सम्भावना रहेको चेतावनी अधिकारीहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077