Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इन्डोनेसियाको सेमेरु पहाडबाट भयानक ज्वालामुखी विस्फोट

    इन्डोनेसियाको सेमेरु पहाडबाट भयानक ज्वालामुखी विस्फोट

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 813
    SHARES

    एजेन्सी । इन्डोनेसियाको माउन्ट सेमेरुको ज्वालामुखी पहाडमा प्राकृतिक ग्यास विस्फोट भएको छ ।

    त्यहाँबाट निस्केको खरानीले आकाश ढाकिएको छ भने मुलुकको मुख्य टापु जावाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लैजाने काम भइरहेको छ ।



    स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च स्तरमा प्रवाह गरेको छ । अहिलेसम्म त्यहाँबाट निस्केको लाभाका कारण कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।



    तर, झन्डै दुई हजार व्यक्तिलाई ज्वालामुखी प्रभावित क्षेत्रबाट विस्थापित गरिएको छ ।

    राजधानी जकार्ताबाट करिब ८ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जाभा टापुको सबैभन्दा अग्लो पहाडबाट विस्फोट भएपछि यसलाई ज्वालामुखी हुन सक्ने उच्चतम सम्भावना रहेको चेतावनी अधिकारीहरूले दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार