Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : आज जापान-क्रोएसिया र ब्राजिल-दक्षिण कोरिया भिड्दै

काठमाडौं । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा आज सोमबार प्रि–क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् ।

नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने खेलमा जापान र क्रोएसिया भिड्दा राति पौने १ बजे ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ ।

पहिलो खेल राति ८ः४५ बजे जापान र क्रोएसियाबीच प्रतस्पर्धा हुँदैछ। यी दुईबीचको खेल अल जानुब रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

यस्तै राति १२ः४५ बजे स्टेडियम ९७४ मा दोस्रो खेल ब्राजिल र दक्षिण कोरियाबीच हुँदैछ।

दुवै टिममध्ये जित निकाल्ने टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077