Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनाको गाडी दुर्घटना हुँदा १८ जना घाइते, १३ सैनिकलाई काठमाडौं ल्याइयो

इलाम । इलाममा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । आइतबार अपराह्न बा १ ग ३४४२ नम्बरको गाडी माङसेबुङ गाउँपालिका( ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा १८ सेना घाइते भएको बताइएको छ । रणशेर गणअन्तर्गत पाँचथरको बुधवारे पोष्टमा तैनाथ ग गुल्मको फौज सामुहिक तालिमको लागि अदली बदली गर्ने क्रममा गाडी दुर्घटना भएको सेनाले जनाएको छ ।

दुर्घटनामा परी सैनिक प्युठ काँशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर शाही, लोटन थारु, देविलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी र जवान धर्मेश कापर घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बुझिएको छ । १३ जनालाई सैनिक हेलिकोप्टरबाट उद्वार गरी काठमाडौं पठाइएको छ । उनीहरु छाउनी अस्पतालमा उपचाररत छन् ।

उनीहरुमध्ये चालक रबि तामाङ र नायक दिलबहादुर शाहीलाई विराटनगरमा उपचार गरिँदैछ। गाडी सडकबाट करिब ७० मीटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077