Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोलखामा पराजयपछि एमाले जिल्ला सचिवद्वारा राजीनामा घोषणा

काठमाडौं । नेकपा एमालेका दोलखा जिल्ला कमिटी सचिव हिराकुमार तामाङले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

एमालेले जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।

तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।’

तामाङ मैलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् । दोलखाको प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटी पराजित भएका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले हराए । उता प्रदेशसभा–१ मा नेपाली कांग्रेका उम्मेदवार कुन्दनराज काफ्नो निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077