Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस नेता सिंह भन्छन्- राजनीतिक स्थिरता नआउँदा विकासले गति लिन सकेन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन्।

सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय शाखा डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन्।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको उनको भनाइ छ।

त्यसैले अबको दिनमा आफू सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा लाग्ने बताए।

उनले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077