Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनुमतिबिना सञ्चालित शिक्षण संस्थालाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने भएको छ ।

अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन पनि आयोगले आग्रह गरेको छ ।

‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077