Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्घटनाका घाइतेको मृत्यु भएपछि सडकमा शव राखेर प्रदर्शन

बारा । गत मंसिर १५ गते दुर्घटनामा परेर घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका ५ का ३५ वर्षीय विजयी माझीको गत मंसिर १५ गते उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आज जितपुरसिमराको सडक अवरोध गर्दै प्रदर्शन गरेका छन्।

घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा न्युरो अस्पताल विरगजमा मंसिर १५ गते साझ करिब ५ बजेतिर उनको मृत्यु भएपछि आज उनीहरुले शब सडकमा ल्याएर प्रदर्शन गरेका हुन्।

पथलैया निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा हाल सम्म पहिचान हुन नसकेको सेतो सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटना भएको ४ दिन सम्म पनि प्रहरीले सो फरार गाडी पक्राउ नगरेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नु परेको पूर्व जनप्रतिनिधि वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरी बताएका छन् ।

आक्रोसित भीडले सडकमा अवरोध गर्दा करिब १ हजार सवारी साधन सडकमा अलपत्र छन । उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077