Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हरर फिल्म 'चि मुसी चि' प्रदर्शन मिति हेरफेर

काठमाडौं । आगामी पुस २२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म 'चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ' को मोसन पोस्टर सार्वजनिक गरिएको छ।

पुस १५ गते प्रदर्शन हुने भनिएको फिल्म एक साता सारिएको उक्त पोस्टरमार्फत जानकारी दिइएको हो।

दुई राम्रो नेपाली फिल्म एकै मितिमा जुधाउनु भन्दा एक हप्तापछि 'शोलो' रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रावतर्तीले बताए।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ।

फिल्मको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले फिल्ममा लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077