Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै तीन मुद्दा लिएर सर्वोच्च गयो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालत गएको छ ।

घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको तीनवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

आयोगले मङ्सिर १९ गते सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।

विशेष अदालतले घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय रुपैयाँ बिगो कायम गरी सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, अदालतले प्रतिवादीलाई सफाइ दिएको आयोगले जनाएको छ । आयोगले प्रतिवादी र निवेदकबीच भएको अडियो कुराकानीसहित घुस रकम रंगेहात बरामदसमेत गरेको जानकारी दिएको छ ।

त्यस्तै, विशेष अदालतले सफाइ दिएको शिवशंकर महतोको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ । महतोविरुद्ध १० हजार हजार बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको थियो ।

त्यस्तै, हरिचन्दर ठाकुर र अरुणकुमार यादवविरुद्धको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको आयोगले जानकारी दिएको छ ।

उनीहरूमाथि १५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो । दुवै प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको थियो । सबै मुद्दामा प्रतिवादी विरुद्ध पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाइ दिएको आयोगको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077