Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एम्बाप्पे भन्छन् - म विश्वकप जित्न आएको हुँ, गोल्डेन बुट होइन

एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । आइतबारआइतवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जित दिलाउँदै उनले यस्तो बताएका हुन् ।

एम्बाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्यान्डलाई तीन–एक गोलले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटर फाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ ।

‘म विश्व कपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन’, पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले भने ।

उनले भने, ‘मेरो एकमात्र उद्देश्य विश्व कप जित्नु हो । अहिले क्वाटर फाइनल सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यो एकमात्र चिज हो जसले मेरो विश्व कप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्व कप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरू केही होइन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077