Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घर बनाउन जमिन खन्दा सकेट बम फेला, सेनाद्वारा डिस्पोज

सुर्खेत । दैलेखमा घडेरी खन्ने क्रममा शौचालयको पुरानो सेफ्टी ट्याङ्कीभित्र सकेट बम फेला परेको छ ।

जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर १ खडकवाडास्थित रतनबहादुर महतको घर बनाउने क्रममा बम फेला परेको हो ।

सोमबार बिहान जमिन खन्ने क्रममा बम फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सकेटबम कालिदत्त गुल्म काडाँचौर दैलेखले डिस्पोज गरेको छ । उक्त बम द्वन्द्वकालमा लुकाएर राखेको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077