Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको प्रश्न - भारतले महाकालीमा तटबन्ध बनाउँदा सरकार मौन किन ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएपछि असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार साँझ ट्वीटरमार्फत नेता रावलले असन्तुष्टि पोखेका हुन् ।

उनले दुवै देशका नागरिकबीच ढुंगा हानहान हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइक्क नबोल्नु लज्जाजनक भएको टिप्पणी गरे । उनले भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदा सरकार मौन किन भन्दै प्रश्न समेत तेर्साएका छन् ।

दुई देश बीचको यति गम्भीर विषय प्रमुख जिल्ला अधिकारीले हेरेर हुने होइन प्रधानमन्त्री र मन्त्रालय देशप्रति जिम्मेवार हुन नेता रावलले आग्रह गरे ।

उनले ट्वीटरमा लेखेका छन्, 'भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदा सरकार मौन किन ? दुई देशका नागरिक बीच ढुंगा हानहान हुँदा पनि प्रमं देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइक्क नबोल्नु लज्जाजनक। दुई देश बीचको यति गम्भीर विषय प्रजिअले हेरेर हुने होइन प्रमं र मन्त्रालय देशप्रति जिम्मेवार होउ ।'

महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएको थियो । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077