Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जापानलाई क्रोएसियाले दोस्रो हाफमा फर्कायो गोल

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम–१६ को खेलमा सोमबार जापानविरुद्ध क्रोएसियाले गोल फर्काएको छ ।

दोस्रो हाफको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काएका हुन् । योसँगै जापानसँग १—१ को बराबरी क्रोएसियाले बनाएको छ ।

यसअघि खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

जापान चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो। क्रोएसिया भने फाइनलसम्म पुगेर फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077