Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अतिरिक्त समयमा धकेलियो जापान र क्रोएसियाको खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को जापान र साविक उपविजेता क्रोएसियाबीचको खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको छ ।

अल जानोब रंगशालामा जारी खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । डाइजेन माइदाले ४४औं मिनेटमा गोल गर्दै एसियाली मुलुकलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काए। ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसके पेनाल्टी सुटआउटमार्फत विजेताको टुङ्गो लाग्नेछ ।

यो खेलको विजेताले सोमबार राति नै हुने ब्राजिल र कोरियाबीचको खेलको विजेतासँग सेमिफाइनलमा खेल्ने छ। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको जापान लगातार दोस्रो पटक अन्तिम १६ मा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077