Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् ।

आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ ।

कतारको एजुकेसन सिटी स्टेडियममा नेपाली समयअनुसार बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ।

मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

लुसिल स्टेडियममा राति पौने १ बजे हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्नेछन्। ​पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077