Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तराईमा हुस्सुसँगै बढ्यो चिसो, उपत्यकाको तापक्रम यस वर्षकै कम

    तराईमा हुस्सुसँगै बढ्यो चिसो, उपत्यकाको तापक्रम यस वर्षकै कम

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम घट्दै गएको छ । जसकारण तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।

    आज उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.८ डिग्री मापन गरिएको छ । यस्तै अधिकतम तापक्रम १९.९ डिग्रीको अनुमान गरिएको छ।



    मौसमविद्का अनुसार अब देशभर चिसो बढ्दै जानेछ । हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    तराईका जिल्लामा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागका एक/दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार