Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जाँडरक्सी खाएर गाडी चलाउने ४२६ जना कारबाहीमा

    जाँडरक्सी खाएर गाडी चलाउने ४२६ जना कारबाहीमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा हिजो एकैदिन जाँडरक्सी खाएर गाडी चलाउने ४२६ जना कारबाहीमा परेका छन् ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मापसे गरेर सवारी साधन चलाउने ४२६ जनालाई कारबाही गरिएको हो ।



    होलीका अवसरमा जाँडरक्सी खाएर गाडी चलाउन जोखिम हुने भएकाले ट्राफिक प्रहरीले हिजो दिउँसो पनि जाँडरक्सी खाए नखाएको बारेमा जाँच गरेको थियो । यस्तै लागु पदार्थ प्रयोग गरेर गाडी चलाउने १५ जना चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    यस्तै, लेन तथा लाइट अनुशासन पालना नगरेको, अनावश्यक हर्न बजाएको लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने गरी कुल २ हजार ५ सय ५६ जनालाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार