Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • राष्ट्रपतिको सवारीले उपत्यकाको यातायात अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती

    राष्ट्रपतिको सवारीले उपत्यकाको यातायात अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । संघीय संसद्लाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुग्दा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

    राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको हो ।



    राष्ट्रपति विद्यादेवी भण्डारी ३ बजेपछि संसद् भवन पुगेकी थिइन् । अहिले उनी फर्किसकेकी छन् । ट्राफिक प्रहरीका प्रवक्ता एसपी राजेन्द्रप्रसाद भट्टले अबको केही समयपछि सवारी जाम कम हुँदै जाने बताए ।



    मन्त्रीहरूको आवतजावतले पनि थप जाम भएको ट्राफिकले जनाएको छ । विभिन्न सडक चोकका सर्वसाधारण रोकिनुपर्ने र जाममा बस्नुपर्ने अवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार