Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलम्बियामा पहिरोमा बस पुरिँदा ३३ को मृत्यु, ९ घाइते

एजेन्सी । कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन् ।

कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक गाउँमा यात्रुबहाक बस पुरिएको हो ।

कोलोम्बियामा भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जनजीवन अस्तब्यस्त बनेको छ । पहिरोका कारण कयौं कच्ची घरहरु भत्किएका छन् ।

यसैबिच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077