Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र शशांक कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

चुनाव जितेर काठमाडौं फर्किएका कोइरालाले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवासंग भेट गरेका हुन् ।

भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।

भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् । कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् ।

यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077