Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झन जटिल बन्दै सुकुम्बासी समस्या, बिरोध र सर्मथनमा दोहोरो आन्दोलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि त्यसको पक्ष र बिपक्षमा प्रदर्शन हुन थालेको छ ।

बस्तीमा महानगरपालिकाले डोजर चलाउने तयारी गरेपछि एक पक्षले नहटाउन भन्दै आन्दोलन गरिहरेका छन् भने अर्कौ पक्षले नक्कली सुकुमबासीलाई कारवाहीको माग गरेको हो ।

सुकुमबासीका नाममा राजनीति भइरहेको भन्दै काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले असली सुकुमबासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाही गर्न महानगरपालिका लार्य आग्रह गरेका छन् ।

नक्कली सुकुमबासीलाई हटाउने महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

यस्तै,अर्को पक्षले भने बस्तीमा महानगरपालिकाले डोजर चलाउने तयारी गरेपछि आन्दोलित भएका सुकुम्बासीहरूले मंगलवार पनि महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका छन् ।

आफूहरूको बसोबासको वैकल्पिक व्यवस्था नगरी बस्ती नहटाउन माग गर्दै आएका उनीहरूले प्रदर्शनलाई निरन्तर जारी राखेका छन् ।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन्। अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेपनि उनीहरुले अटेर गर्दै आएका थिए।

महानगर समितिको समन्वयमा हिजो सोमबार डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो। सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077