Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवीन्द्र मिश्रद्धारा निर्वाचन खर्च विवरण पेश, कति गरे खर्च ?

काठमाडौं। काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले चुनावको खर्च विवरण बुझाएका छन्।राष्ट्रिय प्रजातान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रले मंगलबार निर्वाचन आयोगलाई चुनावको खर्च विवरण बुझाएका हुन्।

मिश्रले निर्वाचनका क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको बताएका छन्। उनले २०७४ सालको निर्वाचनमा २१ लाख ५० हजार खर्च भएको खुलाएका छन्।

निर्वाचन लड्न आर्थिक सहयोगको लागि अपिल गरेको र सोबाट २५ लाख रुपैयाँ सहयोग मिलेको उनको भनाइ छ।

उनले भने,'पहिलेजस्तै यस पटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ। निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि

मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ। त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग ३३ लाख हुन गएको छ।'

उनले यसपटक निर्वाचन खर्चबाट बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ काठमाडौं क्षेत्र नं १ सरोकार कोषमा जम्मा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077