Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पंकजबिरुद्ध नेहा चौधरीले दर्ता गरिन् दुई मुद्दा

    पंकजबिरुद्ध नेहा चौधरीले दर्ता गरिन् दुई मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 954
    SHARES

    काठमाडौं । श्रीमान्‌बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी छन् ।

    श्रीमान् डा. पंकज चौधरीविरुद्ध उनले जिल्ला अदालत महाेत्तरीमा मुद्दा दायर गरेकी हुन्। उनले दायर गरेका दुई मुद्दामा घरेलु हिंसा र दाइजोकाे माग रहेका छन्।



    महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेका हुन् ।



    उनले जलेश्वरस्थित जिल्ला अदालतमा पुगेर आइतबार र सोमबार श्रीमान्‌विरुद्ध मुद्दा दायर गरेकी हुन् । यता, नेहाका श्रीमान्‌ले भने उनीविरुद्ध डिभोर्सको मुद्दा दायर गरिसकेका छन् । श्रीमती झगडालू भएको र मानसिक समस्यासमेत रहेको उनको आरोप छ ।

    तर, नेहाले भने आफूमा कहिल्यै कुनै मानसिक समस्या नरहेको बताएकी छन् ।

    यसैबीच ग्रान्डी अस्पतालमा जनरल फिजिसियनका रुपमा कार्यरत डा. पंकजकाे याे घटना बाहिरिएसँगै उनलाई अस्पतालले पनि बर्खास्त गरेकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार