Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ठगीको आरोपमा शाहरुखपत्नी गौरीविरुद्ध मुद्दा दर्ता

    ठगीको आरोपमा शाहरुखपत्नी गौरीविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 600
    SHARES

    एजेन्सी । भारतीय अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ ।

    भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।



    गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै शाहले प्रहरी चौकीमा उजुरी दिएका छन् ।



    गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन् ।

    कम्पनीले धोका नदिने विश्वासमा आफूले घरका लागि पैसा तिरेको उनले बताएका छन्। ८६ लाख रुपैयाँ तिर्दा समेत दिने भनिएको अपार्टमेन्ट नदिएर ठगी गरेको भन्दै गौरीविरुद्ध मुद्दा हालेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार