Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हाल सय करोड पारिश्रमिक लिने शाहरुखले आफ्नो पहिलो फिल्ममा कति लिएका थिए ?

    हाल सय करोड पारिश्रमिक लिने शाहरुखले आफ्नो पहिलो फिल्ममा कति लिएका थिए ?

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 2.1K
    SHARES

    एजेन्सी – शाहरुख खान हाल बलिउडका बादशाहका रुपमा परिचित छन्। किङ खान वा रोमान्सका बादशाह भनेर चिनिने शाहरुख जस्तै स्टार बन्न चाहनेहरु धेरै छन्। तर तपाईलाई थाहा छ उनले आफ्नो पहिलो फिल्ममा कति पारिश्रमिक पाएका थिए ?

    शाहरुख सन् १९९२ देखि बलिउडमा राज गरिरहेका छन्। आफ्नो अभिनयबाट उनले करोडौं प्रशंसकहरु कमाएका छन्। हालै शाहरुखले आफूले पहिलो फिल्ममा लिएको पारिश्रमिक खुलाएका छन्।



    रेयरफोटोक्लबले इन्स्टाग्राममा एक म्यागाजिनको एक पन्नाको स्क्रिनशट राखेको छ, जसमा शाहरुखले आफ्नो पहिलो फिल्मको पारिश्रमिक खुलाएका थिए। उनले डेब्यू फिल्ममा आफूले ४ लाख रुपैयाँ लिएको खुलासा भएको छ।



    उक्त म्यागेजिनमा शाहरुखको भनाई उद्धृत गर्दै, ‘४ लाख दिवानेका लागि र २५ हजार राजु बन गया जेन्टलम्यानका लिए पाएको थिएँ। मलाई १ लाख दिने भनिएको थियो तर भनेजति दिइउन। प्रोड्युसरले तिमीलाई फिल्म राम्रो लागेन त मैले किन पैसा दिने भने।’

    उनले फिल्म दिवानेबाट बलिउडमा इन्ट्रि गरेका थिए। लामो संघर्षबाट स्टार बनेका उनले एक फिल्मका लागि हाल सय करोड पारिश्रमिक लिएका छन्। शाहरुखले फिल्म पठानका लागि एक सय करोड लिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार