Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साथीको मृत्यु भएपछि तीन जनाविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता

    साथीको मृत्यु भएपछि तीन जनाविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 999
    SHARES

    तनहुँ । म्याग्दे गाउँपालिका–६ का तीन युवकविरुद्ध प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ । २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय सुशन रानाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो।

    गत आइतबार गाउँपालिकाको अकलास्थित म्याग्दे खोलामा साथीसँग करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो ।



    उनको मृत्यु भएपछि तीनैजनाविरुद्ध प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो। प्रहरीले तीनै युवकलाई सोही दिन पक्राउ गरेको थियो।



    प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ परेकातीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार