Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

सेयर बजार ४.८७ अंकले ओरालो, कारोबार रकम ९६ करोड

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ ।

आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै १९ हजार १२१ पटकको कारोबारमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर खरिद बिक्री भएको छ।

आज सर्वाधिक शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख, रिडी हाइड्रोपावरको ५ करोड २ लाख, नबिल बैंकको ४ करोड ८१ लाख र एनआइसी एशिया बैंकको ३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077