Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारीसँग सिके राउतको भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । उनी स्वयंले सामाजिक सन्जालमा राष्ट्रपति भण्डारीसँगको तस्वीर सार्वजनिक गरेका छन् ।

पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077