Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइवर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सर्वसाधारणलाई झुक्याई ठगी गर्ने उद्धेश्यले साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोल बस्ने १८ वर्षका करण महतोलाई पक्राउ गरेको हो ।

साइवर ब्यूरोबाट खटिगएको टोलीले उनलाई चितवनबाटै जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा मंगलवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077