Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विवाह नगरि यौन सम्बन्ध राखे एक वर्षसम्म जेल सजाय

एजेन्सी । विवाह नगरि यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेसियाको संसद्ले नयाँ फौजदारी कानुन पारित गरेको छ ।

संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले गर्ने बाहेकको यौन सम्बन्धलाई अपराध मानिनेछ ।

तीन वर्षमा लागू हुने नयाँ कानुनअनुसार विवाह नगरि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ । केही मुस्लिम बाहुल्य देशहरू प्रेम र यौनको विषयमा उदार बन्दै गए पनि इन्डोनेसियाले भने धार्मिक विषय भन्दै कडाइ गरेको हो ।

सो कानुन पारित भएसँगै प्रावधान इन्डोनेशियाली नागरिक मात्र नभएर त्यहाँ बस्ने विदेशीहरूका हकमा पनि लागु हुन्छ ।तर व्यभिचारमा कारबाही हुनका लागि यसको पक्षले प्रशासनमा उजुरी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विवाहित व्यक्तिको हकमा पीडित पक्षको श्रीमान् वा श्रीमतीले उजुरी दिन सक्छन्। आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्यटन तथा लगानीका लागि सम्भावित धक्काको रूपमा व्याख्या गरेको छन् ।

नयाँ कानुनको विरोधमा राजधानी जकार्ताको संसद् बाहिर युवा समूहले प्रदर्शन गरेका छन् र अदालतमा निवेदन दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077