Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उषा मृत्यु प्रकरण : हत्या आरोपमा चार महिला पक्राउ, अन्यको खोजी जारी

सुनसरी । एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका चार महिलालाई मंगलबार सार्वजनिक गरेको छ ।

धरान उपमहानगरपालिका–१३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईको हत्यामा संलग्न भएको अरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बा छन् ।

उर्मिलाले स्थानीय जनजागृती आमा समूहका सदस्यलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

कुटपिटपछि २८ र ८ वर्षीया छोरीका आमा उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077