Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौं । कतार विश्वकपमा नकआउट चरणमा स्पेन र मोरक्को बीचको खेल निर्धारित समयमा गोललरहित बराबरीमा सकिएको छ ।

निर्धारित समय गोललरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । मंगलबार राती भएको खेलमा दुवै तर्फबाट कुनै गोल हुन सकेन ।

अतिरिक्त समयमा पनि गोल हुन नसके पेनाल्टी सुटआउटमार्फत विजेताको टुङ्गो लाग्नेछ । यो विश्वकपमा अतिरिक्त समयमा गएको यो दोस्रो खेल हो ।

यसअघि जापान र क्रोएसियाबीचको खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077