Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्पेनलाई हराउँदै मोरक्को पहिलोपटक क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनसँग पेनाल्टी सुटआउटमा ३-० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो ।

सन् २०१० को च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्नेक्रममा मोरक्को छैटौँ प्रयासमा क्वार्टरफाइनल पुगेको हो । मोरक्कोले ३६ वर्षपछि नकआउट चरण पार गर्न सफल भएको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

सन् २०१० मा विश्वकप विजेता बनेको स्पेन त्यसयता अन्तिम १६ भन्दामाथि पुग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077