Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्विटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं । स्विटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लुसैल स्टेडियममा मंगलबार राति भएको खेलमा गोन्सालो रामोसको ह्याट्रिकमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

यो खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । पोर्चुगलको जितमा रामोसले ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो ।

यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक(एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077