Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा खचाखच भरिएको बसमा बम विस्फोट, ७ जनाको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा बम विस्फोट भएको छ ।

सडक किनारमा भएको विस्फोटमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको मृत्यु भएको हो ।

गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् ।

तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ । सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077