Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय कार्यालय बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ ।

केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ ।

मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो ।

बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ । एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077