Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते, दुईको अवस्था गम्भीर

    बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते, दुईको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 1.4K
    SHARES

    बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।

    घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



    घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी चौकी खोडपेले जनाएको छ । जीप सडकबाट करिब पाचास मिटर तल खसेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार